डडेल्धुराको अमरगढी नगरपालिकामा १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। दुई नगरप्रमुख र एक उपप्रमुखका गरी कूल १६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
स्वतन्त्रबाट मेयरका उम्मेदवारी दानबहादुर पाल र ललितबहादुर तमोलीले आफ्नो मनोनयन फिर्ता लिएका छन्। पालले शुक्रबार उम्मेदवारी फिर्ता लिँदै काँग्रेस विपीको तर्फबाट मेयरका उम्मेदवार हरिप्रसाद भटट् र एमालेका उपमेयर यज्ञराज अवस्थी समर्थन गरेका हुन्। यस्तै सरस्वती अवस्थी ९स्वतन्त्र०ले पनि उपमेयरको उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतिको कार्यालय, डडेल्धुराले जनाएको छ।
वडा नम्बर १ का अध्यक्षका उम्मेदवार सुरत तमोली ९स्वतन्त्र०ले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। त्यस्तै जनता समाजवादी पार्टी नेपालबाट अमरगढी–५ का उम्मेदार श्याम सिनाल र वडा नम्बर ६ की वडाध्यक्षकी उम्मेदवार जानकी ताम्राकारले आफ्नो मनोनयन फिर्ता लिएको जनाइएको छ। नेकपा एमालेबाट वडा नम्बर १० का अध्यक्षका उम्मेदवार विष्णुराज भट्टले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।