
अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। दुई पार्टीबीच भएको सहमति अनुसार सो पालिकामा एमालेले अध्यक्ष र समाजवादीले उपाध्यक्षको उम्मेदवार उठाएको छ।

एमालेबाट भीम खड्का अध्यक्ष र समाजवादीबाट समिता महराले उम्मेदवारी दिएका छन्। उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबारसमहमति भएको हो एमाले अछामका सचिव भीमवहादुर रावलले बताए। सहमतिपछि समाजवादीबाट अध्यक्षका उम्मेदवार डम्मर नेपाली र एमालेबाट उपाध्यक्षका उम्मेदवार चन्द्रा बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।
