
सुदूरपश्चिम प्रदेशबाट नौ सय बढीले बढीले उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका अनुसार प्रदेशका विभिन्न जिल्लाका नौ सय २४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

देशभर करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा सुदूरपश्चिम प्रदेशबाट सो सङ्ख्यामा उम्मेदवारी फिर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले आज नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिसकेको छ ।
