आगलागीबाट ध्वस्त विपत मुक्तकमैया बस्ती सुदूरपश्चिम सरकारले निर्माण गरिदिने
2022/05/01, 12:18
 
dd

आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका ७ स्थित बिपतपुर मुक्तकमैया बस्ती निर्माण सुदूरपश्चिम सरकारले गरिदिने भएको छ ।  चालु आर्थिक वर्षभित्रै विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माण गरि आउँदो आर्थिक वर्ष २०७९र०८० देखि बस्ती निर्माण गरिने भएको हो ।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार वस्तीको स्थलगत अनुगमन गर्दै बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तरगत अग्नि पीडित मुक्तकमैयाका बस्ती निर्माण गरिने प्रतिवद्धता जनाएका हुन् ।

प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले अगाडि थपिन्, ‘यहाँका मुक्तकमैयाले अझैसम्म जग्गाको लालपूर्जासमेत नपाएकोले यसै ठाउँको लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने छ । यसका साथै आयआर्जनका कार्यक्रम पनि सञ्चालन प्रदेश सरकारमार्फत हुनेछ ।’

प्रदेश सरकारले तत्काल पूर्ण क्षति ब्यहोरिरहेका सो बस्तीका प्रति मुक्तकमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने भएको छ । त्यस्तै, बर्खे खेतीको लागि धानको बीउ निशुल्क दिने र घर बनाउनलाई काठ पनि निःशुल्क दिने मन्त्री चौधरीले जानकारी दिइन् ।

वैशाख ११ गते दिउँसो खेतमा भएको गहुँको नालमा लगाइएको आगो बस्तीमा सल्किएपछि सो बस्ती खरानीमा परिणत भएको हो ।  ७१ घरधुरी रहेको बस्तीका स्थानीयको घरसँगै खाद्यन्न, गरगहना, लत्ताकपडा, मेसिनरी औजार, पशुचौपाया जलेका थिए ।   आगलागीले बस्तीका २७ घर पूर्णरुपमा जलेका छन् । १२ घर आंशिक रुपमा जलेका छन्, भने ३२ घरमा सामान्य क्षति भएको गाउँका भलमन्सा हिंगुराम चौधरीले जनाए ।