
कञ्चनपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते भएका छन्। शनिबार जिल्लाको वेदकोट नगरपालिका-७ लालपुरमा पूर्वबाट पश्चिमतर्फ आइरहेको सुपप्र ०२००३ प ७६७४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको म२प ७४२८ नम्बरको स्कुटर ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा मोटरसाइकल चालक दैजीका समिर शाहू र स्कुटर चालक वेदकोट(५ का राजेन्द्र राना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनीहरुको महाकाली अस्पतालमा उपचार भइरहेको बताइएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:55
2020/10/27, 6:58
2021/06/10, 1:21