नृपबहादुर वडको त्यो कार्यकालः धनगढीका बिरामीले रगतको अभावमा ज्यान गुमाउनु परेन  
2022/05/01, 6:22
 
ss

धनगढी अर्थात अस्पतालको शहर । त्यसैले प्रदेशका समान्यदेखि जटिल किसिमको समस्या भएका बिरामीको उपचार गराउन आउने ठाउँ हो धनगढी । बिरामीले खचाखच हुने अस्पतालमा बिरामीले खेप्ने अर्को समस्या हो रगतको अभाव । बिरामीको सेवाका लागि अस्पताल धाईरहने नृपबहादुर वडले यो समस्या बुझेका थिए । त्यही भएर  नगर प्रमुख निर्वाचित भएर आएको पहिलो महिनामै धनगढीका नगरका बिरामीलाई निशुल्क रगत ब्यबस्थापनको अभियान थाले । यही अभियानले नृपबहादुर वडको कार्यकालमा धनगढी नगरका बिरामीले मर्नु परेन । रगत सेती प्रादेशीक अस्पतालमा उपचार गराउने बिरामीलाई उपलब्ध गराईन्छ ।

यो अभियान अन्तरगत धनगढी उप–महानगरपालिकाले अहिले पनि सेती प्रादेशीक अस्पतालमा उपचार गराउने धनगढी नगरका बिरामीहरुलाई निशुल्क रगत उपलब्ध गराउदै आएको छ । निर्वाचित हुनुभन्दा पहिले नै मेरो मनमा लागेको कुरा नै रगतको ब्यबस्थापन हो वडले भने, ‘जिल्ला रेडक्रम शाखा कैलाली शाखा संगको समन्वयमा सम्भव भयो ।’ यसका लागि धनगढी उप–महानगरपालिकाले धनगढीमा रहेका क्लवहरु, सामाजिक र सेवा मूलक संस्थाहरुलाई रक्तदान शिविर संचालनका लागि उत्प्रेरीत गरियो वडले भने । वडका अनुसार रक्तदानमा आवश्यक पर्ने फलफुलको ब्यबस्था उप–महानगरपालिकाले गरेको थियो । 

धनगढी नगरका कुनैपनि बिरामीले उपचारका लागि आवश्यक पर्ने रगतका लागि अब तड्पीनु पर्ने छैन वडले भने,‘रगत नपाएकै कारण कसैको ज्यान नजाओस भन्ने हाम्रो सोच थियो । धेरै बिरामीहरु रगत कहाँबाट पाउने कस्ले दान दिने भनेर तड्पिने गरेको बताउँदै वडले भने,‘यो अबस्था नगरका बिरामीले भोग्नु परेन । आफुहरुकै पहलमा जिल्ला रेडक्रस सोसाईटी कैलालीमा देशकै नमुना ब्लडबैंक स्थापन गरिएको वडले बताए । उनले भने, ‘ म सोझो मान्छे भूमिका बाध्न जान्दैन मैले नगरबासीको हितमा यस्ता धेरै काम गरेको छु ।’

नेपाल रेडक्रम सोसाईटी रक्त संचार केन्द्रका प्रमुख धरणी प्रशाद पन्तले धनगढी उप–महानगरपालीका संग निशुल्क रगत उपलब्ध गराउने सहमती भएर काम भएको बताए ।  धनगढीका बिरामीले निशुल्क रगत पाउने गरेका छन । यस अघि बिरामीले एक पिन्ट रगत खरिद गर्दा जाँच र समान गरि ८५० रुपियाँ तिर्नु पर्दथ्यो ।