डडेलधुरामा नमुना मतदान
2022/05/01, 6:44
 
ss

आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि डडेलधुरामा नमुना मतदान गरिएको छ ।  आइतबार जिल्ला निर्वाचन कार्यालय डडेलधुराले बदर मत कम गर्न जिल्ला सदरमुकाम बसपार्कमा आइतबार नमुना मतदान गरिएको हो ।

बसपार्कमा केही युवालाई जम्मा गरेर नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय डडेलधुराले जनाएको छ ।  स्थानीय तहको निर्वाचनमा सात छाप लगाउनुपर्ने भनेर सिकाइएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए । 

‘हामी के कति निर्वाचनको बारेमा जानकार छौं । निर्वाचनका प्रक्रियाहरू केके रहन्छन्। के कसरी मतदान गर्नुपर्छ। र के कसरी सहभागिता रहन्छ रु भन्ने जानकारीका दिनका लागि नमुना मतदान गरेका हौं,’ उनले भने, ‘यो बाट सहभागीले केही न केही सिक्नु भएको छ भन्ने अपेक्षा गरेका छौं ।’

उनले मतदाता शिक्षा निर्वाचनको एक दिन अगाडी मात्र दिइने समेत बताए । दुई नगरपालिका र पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको जिल्लामा चुनावको तयारी तीव्र पारिएको छ । कूल ९० हजार १ सय १९ मतदाता रहेको डडेलधुरामा ४४ हजार ६ सय ६४ पुरुष र ४५ हजार ४ सय ५५ जना महिला छन् । 

मतदाताको संख्याअनुसार मतदान केन्द्र र मतदानस्थल पनि निर्धारण गरिएको छ। जिल्लामा ८० मतदान स्थल र १ सय २६ वटा मतदान केन्द्र तोकिएको छ ।