स्थानीय सरकारको पाँच बर्षः दुर्गम वडा बन्यो सुगम
2022/05/01, 6:54
 
ss

पाच वर्ष अघि धनगढी उपमहानगरपालिका वडा नम्बर १७ वासिन्दाहरुमा खानेपानी, स्वास्थ्य, विद्युत लगायतका आधारभुत सेवाको पहुच थिएन । विकासबाट पछाडि रहेको साविकको उर्मा गाविसलाई राज्य पुर्नसंरचनापछि धनगढी उपमहानगरपालिकामा गाभिएको थियो ।

देश संघियतामा गएसंगै २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधी निर्वाचित भए । सबैभन्दा विकासबाट पछाडी रहेको सो वडामा रहेको डुमलिया टोलमा विद्युत पनि थिएन । जननिर्वाचित जनप्रतिनिधीको पहिलो प्राथमिकतामा थियो सोही टोलका वासिन्दालाई विद्युतको पहु“च पुर्याउने, सडक सञ्जालमा जोड्ने । निवर्तमान वडा अध्यक्ष माधव रानाले भने –‘निर्वाचित भएको एक वर्षमै हामीले डुमलियामा विद्युत विस्तार गरेर सो टोलबासीलाई अन्धकारमुक्त बनाएयौं । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १७, डुमलिया (साविक उर्मा गाविस) की चन्दादेवी बोगटीले भनिन –‘विद्युत टोलमै विस्तार भएपछि राती अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको हो ।’ चार सय घरधुरी रहेको सो टोलमा विद्युतसंगै एक टोलदेखि अर्को टोलसंगै अन्य वडामा जोड्न सडक सञ्जाल पनि विस्तार गरिएको छ ।  डुमौलियामात्र नभई सो वडाको सरौटा, आमवगिया, कान्छीटोल, साहसिपुर शिविर, नया सुकुम्बासी र हिरापुर नया बस्तीमा पोलसहित विद्युत लाईन विस्तार गरिएको वडा कार्यालयले जनाएको छ । अधिकांसको घरमा रंगीन टेलीभीजन छन् ।

सो वडामा पाच वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे, ३५ किलोमिटर नया बाटो ग्राभेल गरिएको छ । डुमलियाको कच्ची घरहरुको बस्तीको बीचमा सात मीटर चौडाईको कालोपत्रे सडक हेर्दा कुनै पार्कको बीचको सडक जस्तो देखिन्छ । डुमलियाको दुरी धनगढीको मुख्य बजारबाट झण्डै १७ किलोमिटर टाढा छ ।  वडामा पथरी जोड्ने पुल, धनचौरी, धुर्झन्ना जोड्ने झोलुङ्गे पुल, सरौटा, अमवगिया, डुमौलिया र धुर्झन्ना गाउमा कल्र्भट निर्माण, डुमौलियादेखि वेहडाबाबा जाने सौरिया नालामा काठेपुल निर्माण गरिएको छ ।
कृषि पेशानै प्रमुख रहेको सो वडामा आधुनिक र व्यवसायिक कृषिलाई अघि बढाउन पनि विभिन्न गतिविधी गरिएको वडा अध्यक्ष रानाले बताए । सो वडामा कृषिलाई व्यवसायिक बनाउन विभिन्न क्षेत्रमा ३० वटा सिचाई बोर गाडिएको र चार वटा सिचाई बोरको काम सुरुवात गरिएको जनाइएको छ । कृषकहरुलाई विऊविजन, कृषि सामाग्रीहरु वितरण र पथरीमा कृषि उपज केन्द्र निर्माण गरिएको जनाइएको छ ।

स्वास्थ्य सेवाबाट पाच वर्षअघि वञ्चित रहेको सो वडामा आधारभुत स्वास्थ्य चौकी स्थापना गरिएको छ भने ज्येष्ठ नागरिक, बालबालिकाका लागि घरदैलो स्वास्थ्य उपचार कार्यक्रम अघि बढाइएको छ ।   स्थानीय पूर्णबहादुर थापा मगरले भने– ‘स्थानीय सरकार आएपछि हाम्रा आधारभुत सेवा  विद्युत, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार लगायतमा सुधार भएको छ । सो वडा कान्द्रा र शिवगंगा नदीको बिचमा पर्छ । अहिले कान्द्रामा पुल निर्माण भएपछि त्यहा का मानिसहरुलाई वर्षायाममा पनि उपचार गराउन तथा सामान खरिद गर्न धनगढीको मुख्य बजार आउन सहज भएको बताउछन । ‘पुल नहु“दा हामीले वर्षायामका तीन महिना स्वास्थ्य उपचार गराउन तथा बजारबाट सामान ल्याउन समस्या हुन्थ्यो’ उनले भने –‘अहिले पुल बनेपछि त्यो समस्या टरेको छ ।’ स्थानीय सरकार भएको केही महशुष भएको बताउ“दै ‘अझै केही टोलमा सडक कालोपत्रे हुन सकेको छैन । वडाको मुख्य समस्या भनेको नदी कटान हो । तर, तटबन्धनका लागि प्रयास भएको छैन ।’ उनले हरेक वर्षायाममा नदीले खेतीयोग्य जमिन कटान गर्ने क्रम जारी रहेको बताए ।

‘राज्य पुनसंरचनामा उपमहानगर भित्र राखे पनि विकासको दृष्टिकोणले धेरै पछाडि थियो’ स्थानीय खेमा ओझाले भनिन ‘अहिले गाउमा सरर आउने पक्की सडक, विद्युत र खानेपानीको राम्रो ब्यवस्था छ ।’  ‘विद्युत बलेपछि हामीहरुको मुमबत्तीको जुग सकिएको छ’ स्थानीय प्रमिला चौधरीले भनिन्, ‘पाच वर्ष पहिले गाउमा ग्राभेल सडक पनि थिएन र विद्युत पनि । ढिलै भएपनि गाउमा विजुली बलेको र पक्की सडक बनेकाले गाउको सौन्दर्य बढेको छ ।’

‘स्थानीय तहको निर्वाचन अघि, गाउँको विकासका लागि धेरै पटक जिल्लातिर धायौं, तर कुनै योजना आएन, अहिले जनप्रतिनिधिहरुले आएपछि गाउमा विकास भएको छ’ स्थानीय खड्क बमले भने । 

वडा अध्यक्षमा दोस्रो पटक उम्मेदवारी
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १७ को वडा अध्यक्षमा पुनः दोहोरिने इच्छासहित निवर्तमान वडा अध्यक्ष माधव रानाले उम्मेदवारी दर्ता गराएका छन । वडामा अधुरा काम पुरा गर्न र वडालाई नमुना बनाउने सोचसहित उनले दोस्रो पटक वडा अध्यक्ष हुने सोचसहित उम्मेदवारी दर्ता गराएका हुन ।

‘सडक, विद्युत, स्वास्थ्य लगायतमा अझै केही काम गर्न बा“की छ’ उनले भने –‘नया ग्राभेल गरिएका सडक कालोपत्रे गर्ने र नया टोलहरुमा ग्राभेल गर्ने छु । अहिले आधारभुत स्वास्थ्य सेवा प्रदान गरिएपनि निकट भविष्यमै स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर सञ्चालनमा ल्याउने छु ।’

उनका अनुसार वडाको प्रमुख समस्याका रुपमा रहेको कटान नियन्त्रणका लागि दुई तिन ठाउमा कार्यपालिकाबाट बजेट छुट्याई कार्य अघि बढाउने निर्णय भइसकेको बताए ।