सेनाद्वारा दार्चुला–टिंकर ७५ किमि सडक निर्माण
2022/05/02, 4:54
 
ss

नेपाली सेनाले दार्चुलामा ७५ किलोमिटर सडक निर्माण गरेको छ । दार्चुला जिल्लाको दार्चुला–टिंकर सडकअन्तर्गत ९कोठेधार–टिकर० खण्डको ७५ किलोमिटर सडक निर्माण गरेको हो ।

१४ वैशाख २०७७ मा बसेको मन्त्रिपरिषदको बैठकले दार्चुला–टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।
सडक निर्माणको जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णयबमोजिम २८ वैशाख २०७७ बाट उक्त क्षेत्रमा सडक निर्माणका लागि नेपाली सेनालाई परिचालन गरिएको थियो ।

सेना परिचाल भएको एक वर्षमै २०७७र०७८ मा सुनसेरा तथा दुम्लिङ्गामा क्याम्प निर्माण सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ । साथै १० माघ २०७८ को मन्त्रिपरिषद्को निर्णयबमोजिम तुसारपानी–कोठेधारसम्मको पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम पनि नेपाली सेनाले धमाधम गरिरहेको छ । पाँच किमि सडकको ट्रयाक खोल्ने कार्य निर्धारित समयमै सम्पन्न गर्ने सेनाको लक्ष्य छ ।

सुनसेरा–तुसरापानीको तीन किमि सडक खण्ड २०७८ मा भएको भारि वर्षात्ले आएको पहिरोले क्षति पु¥याएको थियो । वर्षात्ले क्षति भएको सडक खण्डमध्ये १।५ किमि सडकको नयाँ ट्रयाक सडक विभागले पुनः खोलेको थियो । बाँकी सडक खण्डको निर्माणकार्य स्थानीयबासीको विरोधले हुन सकेको थिएन ।

तर १८ चैत २०७८ मा निर्माण कार्यलाई अघि बढाउन जिम्मेवारी प्राप्त भएसँंगै तुसारापानी खोलामा वैकल्पिक मार्गद्वारा सेनाले स्काभेटरसमेत पु(याएर निर्माणकार्य गरेको छ भने, लक्ष्यबमोजिम सुनसेरा तुसारापानी सडक खण्ड निर्माणका लागि विभिन्न हेभी निर्माण उपकरणहरू उक्त स्थानमा सेनाले ढुवानीसमेत गरिसकेको छ ।

नेपाली सेनाले नागरिक सैनिक कार्यक्रमअन्तर्गत नेपालभर नागरिकका आवश्यकता अनुसार स्वास्थ्य सेवा प्रदानदेखि पूर्वाधार विकासका काम गर्दै आएको छ । जसका कारण सेना र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुँदै गएको छ ।