बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार 
2022/05/03, 11:26
 
ss

बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका-५ बाट गठबन्धन तर्फका वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि सोमबार राती खुकुरी प्रहार भएको नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अनिलकुमार बिष्टले बताए।

साउँदलाई एक घरबाट अर्को घर जाने क्रममा बीच बाटोमा अज्ञात समूहले खुकुरी प्रहार गरेको बताइएको छ। खुकुरी प्रहारबाट घाइते भएका साउँदलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको बिष्टले बताए।

घटनाबारे जानकारी आएको र थप बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।