बाजुरामा निर्वाचन अधिकृतको कार्यालय नजिकै दलद्वारा आचारसंहिता उल्लंघन 
2022/05/03, 6:17
 
ss

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुरामा पनि प्रचारप्रसार जोडतोडका साथ भइरहेकको छ। सोही क्रममा जिल्लाका ठुला राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेको पाइएको छ।

सदरमुकाम मार्तडीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको अगाडी नै नेपाली काँग्रेस र नेकपा एमालेले पार्टीका प्रचारप्रसार सामग्री टाँसेका छन्।  दलहरुले निर्वाचन अधिकृतको कार्यालय अगाडि नै झण्डाहरु प्रचारका लागि झुण्ड्याएको भएपनि कुनै चासो नदेखाइएको आरोप लागेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले भने दलहरुलाई प्रचार सामग्री हटाउन आग्रह गर्ने जनाएको छ।

निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र बोर्ड राख्न तथा श्रव्य समग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था रहेको छ।