वडले थालेको धनगढी ‘सडक मनोरोगी’ मुक्त शहर निर्माणको अभियान सफल
धनगढीका सडकमा भेटिदैनन् मनोरोगी
2022/05/04, 5:20
 
ss

धनगढी उप–महानगरपालिकामा नृपबहादुर वडको टिम निर्वाचित भएर आउनु पूर्व मनोरोगीहरु सडकमै तड्पी रहेका देखिन्थे । सडक पेटिमा मनोरोगिहरुको बास हुन्थ्यो । यही देखेर धनगढीलाई सडक मानव मुक्त शहर बनाउने अभियान नगर प्रमुख नृपबहादुर वडले सुरु गरे । अहिले धनगढीका सडकहरुमा मनोरोगि भेटिदैनन् । कतै भेटिएको जानकारी पाउने वित्तिकै उनीहरुको उद्धार गरिन्छ ।

निर्वाचित भएर आउने वित्तिकै धनगढीलाई मानवताको शहर बनाउने योजना वडले सुनाउँथे । त्यही योजना अन्तरगत मानवीय सेवामा काम गर्न दृष्टि फाउन्डेसन नामक सामाजिक संस्था संचालन गर्नका लागि उनले धनगढीकै केही सामाजिक अभियन्तालाई उत्प्रेरित गरेका र मानवीय सेवामा काम गरिरहेको मानव सेवा आश्रमलाई धनगढीमा शाखा संचालन गरि सेवा दिनका अनुरोध गरेको वडले बताए । कैलालीको बर्दगोरियामा रहेका सहार घर सञ्चालन गरिरहेका सचेत यूवा बलबहादुर बिष्टसंग पनि यस कार्यमा सहयोग गर्न अनुरोध गरे । 

‘अहिले ४८ जना भन्दा बढी महिला मनोरोगी र तिनका केटाकेटीहरुलाई धनगढी उप–महानगरपालिका वडा नम्बर ७ मा रहेको दृष्टि फाउन्डेशनले संरक्षण दिएर राखिएको  छ ।’ वडले भने, ‘त्यसैगरी धनगढीको तारानगरमा रहेको मानवसेवा आश्रम र वर्दगोरियामा रहेको साहरा घरमा पनि मनोरोगीहरु राखिएक छन् ।’  मनोरोगीहरुको संरक्षण गर्ने सन्चो भएपछि परिवार मिलन गराउने काम समेत हुने गरेको वडले बताए । दृष्टि फाउन्डेशनकी संचालिका कल्पना भट्ट, सहाराघर बर्दगोरियाका संचालक बलबहादुर बिष्ट र समानवसेवा आश्रमका संचालक रामजी सर यस अभियानका सहयात्री भएको वडले बताए ।

‘नगर प्रमुख निर्वाचित भएर केहि गरेन भन्नेलाई विकास निर्माणका साथै सामाजिक क्षेत्रमा भएका कामहरुलाई पनि हेरिदिनु होला ।’ वडले भने,‘दलिय ब्यबस्थाका बिरोधीहरुले लगाउने आरोपमा बिश्वास नगर्न नगरवासीमा अनुरोध गर्दछु । दलिय ब्यबस्था बिरोधीहरुले तपाई हाम्रो बलिदानीबाट ल्याएको लोकतन्त्रलाई बदनामित गर्ने गरी भोट मागिरहेका छन् ।’ वडले अगाडी भने, ‘दलिय ब्यबस्था रहेमा भोलि पनि चुनाव होला, प्रतिस्पर्धा गरौला, व्यवस्था नै नरहे के होला ? सबैले सोच्न जरुरी छ ।