
कैलालीमा युवायुवती रुखमा झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेका छन् । जिल्लाको धनगढी उप-महानगरपालिका वडा नम्बर १० को सुगथी नालामा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृत फेला पर्नेमा सोही ठाँउकै फुलनिया टोलका जय राज रानाका छोरा अनुप राना र जुगेडा गाउँका प्रकाश रानाकी छोरी आकृति राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घटनाको कारण भने खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
