
दार्चुलामा सर्पको टोकाइबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महाकाली नगरपालिका–८ असिगडामा चार वर्षीय अनिलसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:19
2021/01/14, 9:19
2021/06/26, 2:48