
बैतडीमा स्थानीय तहको निर्वाचनका लागि २ सय ५ वटा मतदान केन्द्र तोकिएका छन्। ती सबै मतदान केन्द्रमा १ हजार बढी कर्मचारी खटिएका छन्।

सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर १ हजार १८ जना कर्मचारी खटिएका उनले बताए। यस्तै प्रत्येक मतदान केन्द्रमा ३ जनाका दरले स्वयंसेवक खटिएका जिल्ला निर्वाचन अधिकारी फुयालले बताए। यसरी जिल्लाभरी ६ सय १५ जना स्वयंसेवक खटिएका छन्।
निर्वाचनका लागि खटिएका कर्मचारीहरुले आज र भोलि मतदान प्रक्रियालाई सहज बनाउन मतदान केन्द्रमा काम गर्नेछन्। उनीहरुले मतदाता परिचय पत्र वितरणका साथै मतदाताहरुलाई मतदान गर्ने तरीकाका बारेमा समेत सिकाउने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताए।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07