
काँग्रेसबाट धनगढी उपमहानगरपालिकाका मेयर उम्मेदवार नृपबहादुर वडले मतदान गरेका छन् । उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

उनले शुक्रबार बिहान बासुदेवी माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मतदान जारी छ ।
धनगढी उपमहानगरपालिकामा मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भइरहेको हो। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ। उपमहानगरमा ९३ हजार १ सय ५१ मतदाता छन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:55
2020/10/27, 6:58
2021/06/10, 1:21