डडेल्धुराका ४ पालिकामा कांग्रेसको अग्रता, कहाँ कसले कति मत पायो ?
2022/05/14, 2:18
 
ss

७ स्थानीय तह रहेको डडेल्धुरामा नेपाली कांग्रेसले ४ पालिकामा अग्रता लिएको छ। जिल्लाको अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिकामा मतगणना हुँदा कांग्रेस अगाडी छ। भने, परशुराम नगरपालिकामा नेकपा माओवादीका उम्मेदवार अगाडि छन्। अजयमेरु र भागेश्वर गाउँपालिकामा भने मतगणना सुरु भएको छैन।

जिल्लाको अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी ३७० मतका साथ पहिलो स्थानमा छन्। यस्तै कांग्रेस विपीका हरि भट्टले हालसम्म ३२२ मत पाएका छन्। अमरगढीको मेयरमा उम्मेदवार माओवादीका लक्ष्मण सिंहले ११ र एकीकृत समाजवादीकी संगिता भण्डारीले ७ मत प्राप्त गरेकी छिन्। 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकामाको अध्यक्षका उम्मेदवार कांग्रेसका इन्द्रबहादुर कार्कीले १०३२ मत ल्याएर अग्रता लिएका छन्। उनको पछि कांग्रेस विपीका सुरेन्द्र मालीले ४९१ मत ल्याएरका छन्। यस्तै सामाजवादीका नरबहादुर विष्ट १५३ मत ल्याएर तेस्रो स्थानमा छन्। 

उता नवदुर्गा गाउँपालिकाको अध्यक्षका लागि कांग्रेसका लक्ष्मीप्रसाद अवस्थी २१० मत ल्याएर अगाडि छन्। दोस्रोमा माओवाली केन्द्रका धर्मविर लुहारले १४५ मत प्राप्त गरेका छन्। यसैगरी समाजवादीका कविन्द्र विष्टले १३८ र कांग्रेस विपीका गोकुल शाहीले १२८ मत पाएका छन्।

डडेल्धुराको आलिताल गाउँपालिको मतगणनामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। ८ सय मत गन्दा पालिका अध्यक्षमा नेपाली कांग्रेसका बलबहादुर गुरुङले २९७ मत प्राप्त गरेका छन्।  उनको पछिपछि नेकपा एमालेका मीन बोगटीले २७७ मत पाएका छन्। यस्तै नेकपा माओवादी केन्द्रका शेरसिंह पार्कीले १०२ मत पाएका छन्। भने, नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले ११ र  स्वतन्त्र उम्मेदवार टेक खड्काले ५९ मत पाएका छन्।

उता परशुरामको मेयरका उम्मेदवार माओवादीका शेरसिंह मालले ४६२ मत पाएका छन्। उनका प्रतिद्वन्दी कांग्रेसका भरत बडाएर जोशीले ४५२ मत प्राप्त गरेका छन्। सोही नगरपालिकिाको मेयरमा उम्मेदवार बनेका एमालेका केशव बोहराले २३९ मत पाएका छन्।