
कैलालीको गौरीगंगा नगरपालिकामा मतगणना सुरु भएको छ । यहाँ ११ वडा रहेका छन् । दुई वडाको एकै साथ मतगणना गर्ने तयारी भइरहेको छ ।

पहिलो चरणमा वडा नम्बर १ बाट मतगणना हुने भएको छ । यहाँ प्रमुखमा एमालेबाट पदम सिंगाल, गठबन्धनबाट एकीकृत माओवादीका देवीदत्त कडेल, मौलिक जरोकिलोका साबित्री गिरी, राप्रपाबाट सुवास कुवंर र स्वतन्त्र भान बहादुर ठगुन्ना बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
उपप्रमुखमा एमालेबाट शान्ति देवी सिंह र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भोज बहादुर बम, राप्रपा नेपालका कमला बोहरा र मौलिक जरोकिलोका चेतराज साउँद बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यहाँ ४० हजार १८ मतदाता रहेकोमा २६ हजार ८ सय ८४ मत खसेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:55
2020/10/27, 6:58
2021/06/10, 1:21