
धनगढी उपमहानगरपालिकाको मतगणनाको पहिलो मत परिणाम सार्वजनिक भएको छ । गणना वडा नम्बर १ बाट सुरु गरिएकोमा पहिलो एक सय मत गन्दा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम गरेका छन् ।

उनले ५५ मत पाउँदा गठबन्धनका उम्मेदवार नृपवहादुर ओडले २२ मत पाएका छन् । एमालेका रणवहादुर चन्दले २ मत पाएका छन् । २१ मत बदर भएका छन् ।
उपमेयरमा गठबन्धनका शान्ति अधिकारीले ४० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २० मत पाएका छन् ।
मतगणना धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनमा भइरहेको हो ।
