
कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार चित्रबहादुर चौधरीको अग्रता कायमै छ। एक हजार ८१० मतगणना हुँदा उनी ४९७ मतका साथ अग्रस्थानमा छन्।

उनलाई राप्रपाका उम्मेदवार भीमबहादुर बम पछ्याइरहेका छन्। बमले ४७९ मत प्राप्त गरेका छन्। ३०३ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार बन्सराम वडायक तेस्रो स्थानमा छन्।
