
कैलालीको धनगढी उपमहानगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीले सुरुवातदेखिको अग्रता कायम राखेकी छिन्। गठबन्धनकी उम्मेदवार अधिकारीले २ हजार ४५३ मतगणना हुँदा ५७४ मत पाएकी छिन्।

यस्तै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३८१, एमालेकी उम्मेदवार कन्दकला रानाले ३२२ मत पाएकी छिन्। यस्तै राप्रपाका उम्मेदवारले १२७ र विवेकशिल साझाकी उम्मेदवारले २४ मत पाएकी छिन्। धनगढीको मेयरमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्।
हमालले १ हजार १३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३ र नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 6:30
2020/12/30, 6:21
2021/08/03, 4:13
2022/05/06, 12:23