डोटीको शिखर नगरपालिकामा कांग्रेसको अग्रता
 
ss

नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति बीरबहादुर बलायरको गृहनगरमा कांग्रेसले अग्रता लिएको छ।  डोटीको शिखर नगरपालिकामा कांग्रेस निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेभन्दा झण्डै तेब्बर बढी मतले अगाडि छ।

वडा नम्बर १ मा खसेको कुल मतमध्ये ३ सयको गणना सम्पन्न हुँदा कांग्रेसले अघि सारेका नगर प्रमुख र उपप्रमुखका उम्मेदवारले क्रमशः १७१ र १७२ मत प्राप्त गरेका छन्।

एमालेका नगर प्रमुख र उपप्रमुखका उम्मेदवारले क्रमशः ५१ र ५५ मत ल्याएका छन्।  शिखरमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल छ।

दुई दलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नगर प्रमुख उम्मेदवारले ५६ र माओवादी केन्द्रका उपप्रमुख उम्मेदवारले २२ मत प्राप्त गरेका छन्। वडा नम्बर १ को वडाध्यक्षका लागि कांग्रेसका उम्मेदवारले १७५ र एकीकृत समाजवादीका उम्मेदवारले १०३ मत पाएका छन्।