दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादीका उम्मेदवार विजयी
2022/05/15, 2:02
 
ss

दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्षमा सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन्। उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन्।

अपीहिमाल गाउँपालिकामा आइतबार साढे १२ बजे मतगणना सकिएको थियो। मतगणना परिणाम अनुसार ठेकरेले २ हजार ३ सय ४ भोट प्राप्त गरेका छन्।  उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन्। पराजित मन्यालले १ हजार ३ सय ८५ मत ल्याएका छन्। 

उपाध्यक्ष निर्वाचित देवकीदेवी बोहराले २ हजार २७ मत ल्याएकी छन्। उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएकी थिइन्। २०७४ सालमा चुनावमा एमालेका मन्याल अध्यक्षमा निर्वाचित भएका थिए।  यो पटक माओवादी र कांग्रेसको गठबन्धनका कारण एमाले पछि परेको अनुमान  छ।