
दार्चुलाको शैल्यशिखर नगरपालिकामा गठबन्धनलाई पराजित गरेर नेकपा एमालेले जित हासिल गरेको छ । शैल्यशिखरमा जम्मा खसेको दश हजार ७३ मतमध्ये एमाले उम्मेदवार विजयसिंह धामीले पाँच हजार ५०९ मत ल्याउदै नगरप्रमुख पदमा निर्वाचित भए ।

एमालेका धामीले कांग्रेशका उम्मेदवार अमरसिंह धामीलाई ८४७ मतान्तरले पराजित गर्दै निर्वाचित भए । उपप्रमुखमा एमालेका उम्मेदवार शान्ति खडायतले पाँच हजार ६४८ मत ल्याउँदै काँग्रेस उम्मेदवार राजमती बम पाललाई एक हजार ७३ मतान्तरले पराजित गर्दै विजयी भइन् ।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/25, 9:48
2022/01/04, 11:20
2023/09/01, 1:20