
डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ। ७६२५ मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले २८११ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले २५८९ मत पाएका छन्। दुवैको मत अन्तर २२२ रहेको छ।

यस्तै उप प्रमुखमा काँग्रेसका उमेदवार पार्वती झुकालले २६४९ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले २५७३ मत पाएका छन।
अमरगढीको वडा नम्बर १ देखि ८ सम्मको मत गणना हुँदा यो परिणाम आएको हो। अब ३ वडाको मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/13, 8:21
2020/09/10, 2:22
2022/03/25, 1:28
2023/04/23, 2:01