
डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ५ दुर्गम गाउँ बस्ने अमृता देवी घर्ती मगरलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

तीन दिन देखि बच्चा जन्माउन नसकेकी मगरलाई पर्यटन मन्त्री प्रेम आलेका स्वकीय सचिव भक्त बहादुर साउद र सुदूरपश्चिम सरकारका पुर्वकानुन मन्त्री पूर्णा जोशीको सहयोगमा नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पतालमा लगिएको हो ।
सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालमा सफल उपचारपछि अहिले नवजात शिशु र अमृताको स्वास्थ्य अवस्था सामान्य रहेको नेकपा माओवादी केन्द्रका युवा नेता तथा समाजसेवी तेजबहादुर डुम्रेलले जानकारी दिए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:55
2020/10/27, 6:58
2021/06/10, 1:21