
डोटीको शिखर नगरपालिकामा नेपाली काङ्ग्रेस विजयी भएका छ । सो पालिकाको मेयरमा दीर्घ बलायर विजयी भएका छन् । उनले ६५६२ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भीम बलायरले ४५९१ मत प्राप्त गरे । नेकपा एकीकृत समाजवादीका सागर भट्टले ३०२ मत र राप्रपाका गिरी रोकायाले ४२ मत मात्रै पाए । उपमेयरमा नेपाली काँग्रेसकै सुनिता रावल जोरा ६४२६ मत ल्याउँदै विजयी भइन् ।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५ मत पाइन् भने नेकपा माओवादीका रमेशप्रसाद जोशीले ३६६ मत मात्रै पाए । नगरका ११ ओटा वडाहरुमध्ये ७ वडामा काँग्रेस र ४ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44