धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर बढी मतले अगाडि, उपमेयरमा कडा टक्कर
2022/05/18, 11:37
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार २२३ मतगणना भएको छ।

सार्वजनिक गरिएको विवरणअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन्। उनले १० हजार ८२५ मत पाएका छन्। यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १६६ र नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ४६२ मत पाएका छन्।

हमाल र वडबीच ५ हजार ६५९ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ४ हजार ६८८ मतका साथ लिड गरिरहेकी छिन्। एमालेकी कन्दकला रानाले ४ हजार २४६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २ हजार ६४२ मत पाएका छन्।