बाजुराको त्रिवेणी नगरपालिकामा काँग्रेस विजयी 
2022/05/18, 11:40
 
ss

बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कर्णबहादुर थापा विजयी भएका छन्। उनी ४७६१ मत ल्याउँदै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मोतिसिंह बुढाले ३५८६ मत पाए।

उपमेयरमा पनि काँग्रेसकै कमलाकुमारी जैशी ९न्यौपाने० विजयी भएकी छन्। उनले ४७४१ मत प्राप्त गरेकी छिन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका मनराजे बुढाले ३००४ मत पाए।

बाजुराका नौ स्थानीय तहमध्ये पाँचको नतिजा सार्वजनिक भएको छ। एमालेले तीन पालिका प्रमुख र काँग्रेसले दुई पालिका प्रमुख जित्दा काँग्रेसले तीन पालिका उपप्रमुख र एमालेले दुईमा जितेको छ ।