
कैलालीको गोदावरी नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका वीरेन्द्र भट्ट निर्वाचित भएका छन् । उनी १५ हजार ५०१ मतका साथ मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका गोकर्ण भट्टले ११ हजार २२४ मत ल्याए ।

त्यस्तै, उपमेयरमा भने एमालेकी शारदा रोकाया विजयी भइन् । उनी नेकपा एकीकृत समाजवादी पार्टीकी रत्ना कडायतलाई हराउँदै उपमेयरमा विजयी भएकी हुन् । रोकायाले १० हजार ६ सय ७० मत प्राप्त गरिन् । कडायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरिन् ।
उनी निवर्तमान उपप्रमुख पनि हुन् । गोदावरी एमाले सचिव लेखराज भट्टको गृहनगर पनि हो । ०७४ को निर्वाचनमा यहाँ प्रमुख–उप्रमुख नै एमालेले जितेको थियो ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/09, 3:06
2020/11/22, 5:25
2022/12/30, 12:30