
कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका छन् । उनले एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्टलाई ४ हजार २ सय ७७ मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित भट्टले १५ हजार ५सय १ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण भट्टले ११ हजार २सय २४ मत ल्याए ।
गोदावरीको उपमेयरमा भने एमालेकी उम्मेदवार शारदादेवी रोकाया निर्वाचित भएकी छन् । उनले १० हजार ६ सय ७० मत ल्याइन् । गठबन्धन उम्मेदवार समाजवादीकी रत्ना कठायतलाई रोकायाले ६ सय ८७ मतले पराजित गरिन् ।

कठायतले ९ हजार ९ सय ८३ मत प्राप्त गरेकी छन् । गोदावरी नगरपालिका एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको चुनावी क्षेत्र समेत हो ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/09, 3:06
2020/11/22, 5:25
2022/12/30, 12:30