कञ्चनपुरको वेदकोटमा काँग्रेस विजयी, भत्कियो एमालेको गढ
 
dd

एमालेले आफ्नो गढ मान्दै आएको कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। ०७४ सालमा एउटा वडामा मात्र सिमित भएको काँग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हो।

नगरपालिकाको मेयरमा काँग्रेसका भोजराज बोहरा विजयी भएका छन्। उनी ८०७८ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४७४० मत प्राप्त गरिन्। माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३८९८ र राप्रपाका बमबहादुर बमले १७५१ मत पाए।

उपमेयरमा पनि काँग्रेसकै तुलशी जोशी विजयी भएकी छिन्। उनले ७२५४ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५७२७ मत र गठबन्धनबाट माओवादीकी हिरा जैशीले ३६५२ मत प्राप्त गरिन्। २०७४ सालको निर्वाचनमा बोहरा र जोशी एमालेका अशोक चन्द र सुशिला सिंहसँग पराजित भएका थिए।

यस्तै, गत निर्वाचनमा एक वडा मात्रै जितेको नेकपा माओवादी केन्द्रले यसपटक २ वडामा जितेको छ। नेकपा एकीकृत समाजवादीले पनि १ वडामा जित हाँसिल गरेको छ।