कैलारीमा गठबन्धनका बागी उम्मेदवार विजयी, माओवादी ‘क्लीन स्वीप’
 
dd

कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनको आधिकारिक उम्मेदवारलाई हराउँदै कांग्रेसका बागी उम्मेदवार विजयी भएका छन् ।गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध नेपाली कांग्रेसबाटै बागी उम्मेदवारी दिएका राजसमझ चौधरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले निवर्तमान गाउँपालिका अध्यक्ष रहेका नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीलाई ४ हजारभन्दा बढीको मतान्तरले पराजित गरेका हुन् । राजसमझले १० हजार ४९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४३० मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४८४ मत ल्याएर निवर्तमान उपाध्यक्ष माओवादी केन्द्रकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४७७ मत प्राप्त गरिन् ।

कैलारी गाउँपालिकामा कांग्रेसले १ देखि ९ वडासम्म पूरै प्यानलसहित जितेको छ । गत चुनावमा गाउँपालिका अध्यक्ष समेत जितेको माओवादी यसपालि ‘क्लीन स्वीप’ भएको छ ।