सुदूरपश्चिममा पहिलो महिला मेयर बनिन अछामको पञ्चदेवल विनायक नगरपालिकाकी चलाउने
2022/05/20, 11:56
 
ss

यसपटकको निर्वाचनबाट सुदूरपश्चिममा पहिलो महिला मेयर छानिएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा निर्वाचित नेपाली काँग्रेसकी अम्बिका चलाउने प्रदेशकै पहिलो महिला मेयर भएकी हुन ।

उनले तीन हजार ६५३ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्धन्द्वी माओवादीका रामबहादुर विकले तीन हजार १७२ मत प्राप्त गरे। एमालेबाट मेयरका उम्मेदवार नन्दबहादुर कडायतले दुई हजार ६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्टले ६९२ र स्वतन्त्र उम्मेदवार टंक तिमिल्सैनाले १५४ मत प्राप्त गरे।

निवर्तमान नगर उपप्रमुख समेत रहेकी चलाउने काँग्रेस सुदूरपश्चिम प्रदेशको सहमहामन्त्री समेत हुन ।  अघिल्लो चुनावमा डोटीको दिपायल सिलगढी नगरपालिकाबाट एमालेकी मञ्जु मलासी मेयर जितेकी थिइन । यस पटक लम्कीचुँहामा पनि काँग्रेसकी शुसिला शाही मेयर निर्वाचित हुने सम्भावना बढेको छ ।

मेयरमा उठेका अमरगढीमा संगिता भण्डारी, बेलौरीमा कमल बोहरा, बेदकोट नगरपालिकामा शुसिला सिंह भने पराजीत भइसकेकी छन् । अछामको साँफेबगरका भने आज एक वडा चुनाव भइरहेको छ । साँफेबाट एमालेकी पशुपति कुँवर प्रतिस्पर्धामा छिन ।

यस्तै पञ्चदेवल विनायक नगरपालिकाको नगर उपप्रमुखमा पनि काँग्रेसकै हर्कबहादुर रावल विजयी भएका छन् । उनले चार हजार १८८ र निकटतम प्रतिद्वन्द्वी माओवादीकी रीता रावलले दुई ६१८ मत पाइन्। यस्तै गरेर एमालेका राजु सञ्ज्यालले एक हजार दुई र समाजवादीकी कृष्णा जैसी न्यौपानेले ८७८ मत पाएकी छन् ,