बैतडीको सुर्नयामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र 
 
ss

बैतडीको सुर्नया गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ। बिहीबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचित भएको प्रमाण–पत्र प्रदान गरिएको निर्वाचन अधिकृत सिद्धराज जोशीले बताए।

सुर्नयामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरेर स्थानीय तहको निर्वाचनबाट ४२ जना जनप्रतिनिधि चुनिएका छन्। गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली काँग्रेसकी मञ्जु बोहरा विजयी भएका छिन्।

आठ वडा रहेको सुर्नयामा ४ वडा नेपाली काँग्रेस, २ वडामा एमाले, एक वडामा माओवादी र एक वडामा राप्रपा विजयी भएको छ।