
कैलालीको धनगढी उपमहानगरपालिकाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। शुक्रवार विहान धनगढी–१ बैयाबेहडीबाट सोही ठाउँका २८ वर्षीय शंकर चौधरी, वडा नम्बर २ बस्ने २३ वर्षीय सरोज चौधरी र वडा नम्बर ३ बस्ने २८ वर्षीय राजा भगत पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार तीनै जनालाई शंकास्पद रुपमा पैदल हिँडिरहेको अवस्थामा २ सय मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो। उनीहरुलाई लागूऔषध बिक्रि गर्ने वडा नम्बर २ का पंकज चौधरी भने फरार छन्। तर उनको कोठामा तलासी गर्दा गर्दा ४ ग्राम खैरो हिरोइन फेला परेको कैलाली प्रहरीले जनाएको छ।
फरार पंकजको खोजी कार्य भइरहेको र पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/15, 9:13
2020/09/13, 2:39
2021/03/08, 1:04
2021/10/05, 10:35
2022/12/12, 11:27