कञ्चनपुरको शुक्लाफाँटामा कडा टक्कर, मेयरमा एमाले २९१ मतले अगाडि
2022/05/20, 5:34
 
ss

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर महराले अग्रता कायम राखेका छन्। नगरपालिकाका ९ वटा वडाको गणना सम्पन्न भएकोमा ४ हजार ८७८ मत ल्याउँदै महराले अग्रता कायम राखेका हुन्।

उनलाई नेपाली काँग्रेसका चीन्तामणी भट्टले ४ हजार ५८७ मतका साथ पछ्याइरहेका छन्। महरा र भट्टबीच २९१ मतको अन्तर छ। यस्तै माओवादी केन्द्रका उम्मेदवार नवराज ऐरले ३ हजार ७५३ मत पाएक छन्।

उपमेयरमा भने नेपाली काँग्रेसकी कल्पना जोशीले ४ हजार ५३३ मत ल्याउँदै लिड गरेकी छिन्। यस्तै एमालेकी मोनिका भण्डारी भट्टले ३ हजार ८५५ र एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ३ हजार ८५२ मत ल्याएका छन्।

शुक्लाफाँटामा माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो भने काँग्रेस र एमाले एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए। नगरपालिकामा अब १०, ११ र १२ को मतगणना बाँकी छ।