कञ्चनपुरको शुक्लाफाँटामा एमालेको अग्रता कायमै, कांग्रेस पछिपछि 
 
ss

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ। १२ वडा रहेको नगरपालिकामा १० वडाको मतगणना सकिएसँगै अहिले वडा नम्बर ११ को मतगणना जारी रहेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर ११ मा पनि नेकपा एमालेले अग्रता कायमै गरेको छ। कुल मत जोड्दा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर महराले ४ सय ८७ मतले अग्रता कायम गरेका छन्। उनले ५ हजार ६ सय ९३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चीन्तामणी भट्टले ५ हजार २ सय ६ मत ल्याएका छन्। यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४ हजार १ सय १८ मत ल्याएका छन्। 

उप्रमुखतर्फ भने नेपाली कांग्रेस अगाडी छ। नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी कल्पना कुमारी जोशीले  ५ हजार २ सय ५३ मत ल्याएकी छन्। उनलाई नेकपा एमालेकी मोनिका कुमारी भण्डारीले ४ हजार ४ सय मतले पछ्याइरहेकी छन्।