कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी विजयी
2022/05/21, 2:02
 
dd

कैलालीको जानकी गाउँपालिकामा नवगठित नागरिक उन्मुक्ति पार्टीले विजय भएको छ । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी  सात हजार १५१ मत ल्याई विजयी अध्यक्षमा निर्वाचित भएका छन् ।

चौधरी काँग्रेस माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतौलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । महतौले पाँच हजार २४२ मत पाए ।

यसै गरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी भएकी छन् ।  कठरियाले छ हजार ५६२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

एमालेका अध्यक्षका उम्मेदवार टेकबहादुर बमले चार हजार २४६ मत पाए । यस्तै गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश दहितले  चार हजार ५४८ मत पाए ।  नागरिक उन्मुक्ति पार्टीको यो चौथो जित हो । यसअघि टीकापुर, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा विजय हासिल गरिसकेको छ । चौधरी २४ वर्षदेखि पत्रकारितामा आवद्ध थिए ।