धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालको जित निश्चित भएको छ। उपमहानगरपालिकामा जम्मा खसेको ६३ हजार ७ सय १५ मतमध्ये ५१ हजार ६५ मतगणना हुँदा हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट कांग्रेसका नृप वडले ११ हजार ५ सय ४४ मात्रै मत पाएका छन्। हमाल वडभन्दा १० हजार ९ सय ९७ मतले अगाडि छन्। हमालले वडभन्दा भारी मत प्राप्त गरिसकेकाले उनको जित निश्चित भएको छ।
एमालेका रणबहादुर चन्दले भने ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन्। उपमेयरका लागि भने एमालेका कन्दकला रानाले १० हजार ८ सय ८० मत प्राप्त गरेकी छन्। गठबन्धनका तर्फबाट माओवादीकी उपमेयर उम्मेदवार शान्ति अधिकारीले १० हजार ७ सय २ मत प्राप्त गरेकी छन्।
यस्तै, स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले भने ६ हजार मत पाएका छन्। अब धनगढीमा १२ हजार ६ सय ५० मत गन्न बाँकी छन्।