कैलालीमा ट्र्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु
2022/05/22, 12:07
 
ss

कैलालीमा ट्र्याक्टर र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार जिल्लाको गौरीगंगा नगरपालिका-३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्र्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका हुन्।

दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका(१ की ३० वर्षीया सविता कलेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

स्कुटरमा सवार लम्कीचुहा-७ की २५ वर्षीया जमूना सिंह घाइते भएकी र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

ट्र्याक्टर चालक गौरीगंगा-७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।