पार्टीका तर्फबाट भए पनि स्वतन्त्र रुपमा चुनाव लडेको म हुँ: नृपबहादुर वड
2022/05/22, 12:12
 
ss

कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार नृपबहादुर वडले गठबन्धन नामको मात्रै भएको बताएका छन्। मेयरमा पराजित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निवर्तमान मेयर समेत रहेका वडले यस्तो बताएका हुन्।

‘गठबन्धन नामका लागि मात्रै थियो। यहाँ गठबन्धन थिएन,’ उनले भने। उनले आफू स्वतन्त्र भएर चुनाव लडेको पनि बताए। ‘म पार्टीबाट चुनाव लडे पनि स्वतन्त्र लडेको म हुँ,’ उनले भने।

वडले आफू मेयर हुँदा गरेका राम्रा कामलाई निरन्तरता दिन नवनिर्वाचित मेयर गोपाल हमाललाई आग्रह गरे। ‘राम्रा कामलाई निरन्तरता दिनुहोला भन्ने सुझाव दिएको छु,’ उनले भने, ‘नराम्रा कामलाई सच्याएर जानुहोला। राम्रा काममा सहयोग रहने छ।’