बाजुराको बुढीगंगामा एमालेले बुथ कब्जा गर्‍याे: कांग्रेस
2022/05/23, 5:53
 
dd

नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका नेताको सक्रियतामा चुनावमा धाँधली भएको आरोप लगाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले बुढीगंगाका वडा नम्बर २, ३, ५ र ९ मा एमालेले बुथ कब्जा गरेको आरोप लगाएका हुन्।

 उनले भने, ‘पूरै बुथ कब्जा गरियो, सुरक्षा निकायसम्म बस्न नसक्ने अवस्था बनाइयो, त्यसको एमालेको केन्द्रीय तहकै नेता जुन त्यही नगरपालिका बासिन्दा पनि हुनुहुन्छ।’  

उनले त्यहाँको निर्वाचन अधिकृतले धाँधली भएको कुरालाई सम्हाल्न नसकिने भएपछि छाडेर गएको बताएका छन्।  ‘आफैंले बोकेर मतपेटिका न सुरक्षा न अरु दलका प्रतिनिधि जिल्ला सदरमुकाम पु¥याइयो’ उनले भने।     त्यहाँ कांग्रेसले पुनः मतदान गर्नुपर्ने माग राखेको छ।