
बझाङको एक सहकारी संस्थामा चोरी भएको छ। बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्याँडीबाट नगद ५ लाख २१ हजार ८ सय ५ रूपैयाँ चोरी भएको हो।

आइतबार अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर सेफलाई लगेको र सेफ टोडेर उक्त रकम चोरेको प्रहरीले जनाएको छ। उक्त सेफ भवनदेखि अन्दाजी २ सय मिटर टाढा फेला परेको थियो।
चोरीमा संलग्न फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/01, 7:42
2020/11/10, 2:43
2021/09/11, 3:08
2023/06/06, 9:57
2020/07/02, 9:09