बाजुरामा निर्वाचन आयोगले गरेको निर्णय विरुद्ध आन्दोलन, कांग्रेस–एमाले दुवै असन्तुष्ट
2022/05/27, 3:22
 
ss

निर्वाचन आयोगले बुढीगंगा नगरपालिकाको जनमतविरुद्ध आयोगले निर्णय गरेको भन्दै एमालेले अनिश्चितकालका लागि सडक अवरुद्ध गरेको छ। बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनको मत गणना नगरी पुन निर्वाचन  गराउने निणर्य प्रति नेकपा एमाले आन्दोलन गरेको नेकपा एमाले बुढीग‌गा नगरकमिटी अध्यक्ष नरेन्द्र थापाले बताए  ।अहिले बाजुरा प्रवेश गर्ने एक मात्र सडक साफे मार्तडी अवरुद्ध गरिएको थापाले बताए ।

स्थानीय तहको निर्वाचनमा मतदानको क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेपछि विरोध सुरू भएको हो । निर्वाचन  आयोग  जेठ १२ गते बिहीबार बुढीगंगा नगरपालिकाका भरीको निर्बाचनलाई रद्ध गरेर पुन निर्वाचन गराउन बिज्ञप्ती निकालेको थियो । निर्वाचन आयोगको निर्णयप्रति एमाले मात्र होइन नेपाली कांग्रेस पनि रुष्ट भएको छ।

कांग्रेस बाजुराका सभापति रामसिंह रावलले विवाद नभएको वडामा पनि पुनः मतदान गर्ने निर्णय गलत रहेको बताए। यहाँका १० वडा मध्ये कांग्रेसले ४ र ७ नम्बर बडाको मतदान केन्द्र कब्जा गरेको एमालेको आरोप छ। यहाँ ९९ प्रतिशत मतदान भएको थियो। यसबाट पनि बुथ कब्जा गरेको तथ्य पुष्टि हुने एमालेको जिकिर छ। कांग्रेसले भने २,३ ५ र ९ वडाका बुथ एमालेले कब्जा गरेको आरोप लगाउँदै आएको छ। तर, १, ६ , ८ र १० नम्बरमा दुवै दलले शान्तिपूर्ण मतदान भएको बताइरहेका छन्।