
कैलालीको लम्कीचुहा नगरपालिका-१ लम्की बस पार्कबाट करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो उनीहरुबाट नगद ३८ हजार १ सय रूपैयाँसहित अवैध लागूऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका(३ चिसापानी बस्ने २८ वर्षीय भुपेश थापा, २४ वर्षीय धनबिर चौधरी र जानकी गाउँपालिका-९ बस्ने २८ वर्षीय महेन्द्र रावल रहेका छन्।
ईलाका प्रहरी कार्यालय लम्कीचुहाबाट खटिएको प्रहरीले भुपेश र धनबिरलई उक्त लागूऔषध र नगद ३ हजार रूपैयाँसहित नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागूऔषध महेन्द्रबाट खरिद गरेको भन्ने खुल्न आएपछि महेन्द्रलाई समेत प्रहरीले पक्राउ गरेको हो।

महेन्द्रको साथबाट नगद ३५ हजार १ सय प्रहरीले बरामद गरेको छ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 8:09
2020/12/05, 9:10
2021/03/31, 8:06
2021/10/21, 9:31
2022/09/19, 11:08