प्रेस युनियनको स्थापना दिवसमा धनगढीका पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण
2022/05/27, 3:40
 
ss

नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा कैलालीको धनगढीमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल प्रेस युनियन कैलाली शाखाको अयोजनामा निसर्ग हस्पिटलसंगको सहकार्यमा पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

३१ औ स्थापना दिवसको अवसरमा अयोजित स्वास्थ्य परिक्षणमा धनगढीका २८ जना विभिन्न संञ्चार माध्याममा कार्यरत पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको हो । समाचार संकलनका क्रममा पत्रकारहरुको भागदौड बढी हुने भएको स्वास्थ्यमा समस्या नहोस् भन्ने उदे्श्यले स्वास्थ्य परीक्षणको ब्यबस्था गरीएको नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रबण देउवाले बताए ।

प्रेस युनियन कैलालीले पत्रकारहरुका लागि बिभिन्न सिर्जनात्मक कार्य गर्दै आएको बताउदै युनियन कैलालीका सचिव सीताराम ओझाले स्वास्थ्य परिक्षणले पत्रकारहरुलाई थोरै भएपनि स्वास्थ्य लाभ भएको उनको भनाई छ ।  स्वास्थ्य परीक्षण कार्यक्रम युनियनका कैलाली अध्यक्ष श्रवण देउवाको अध्यक्षता सम्पन्न भएको थियो ।

सचिव सीताराम ओझाले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य तथा स्वास्थ्य बिभाग प्रमुख डा. मेराज आलम अन्सारी रहेका थिए ।