
कैलालीमा रसायनिक मलको चरम अभाव देखिएको छ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा कैलालीका किसान हरु समस्यामा पर्ने देखीएका छन् । हरेक बर्ष खेतिपातीको समयमा मलको अभाव भोग्दै आएका कैलाली बासी यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव हुदाँ चिन्तीत बनेका छन् ।

धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको किसानहरुले बताएका छन्। सरकारले समयमै किसानहरुको समस्या बारे गम्भीर नहुँदा र आवश्यक पर्दा खरिद गर्न समेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या खेप्नुपरिरहेको धनगढी–६ का किसान बुद्धी विक बताउछन् ।
यस वर्ष समेत धान रोप्ने समय हुँदा पनि डिएपी मल पाउन नसकेको उनको भनाइ छ। यता मलको सहज आपुर्ति तथा वितरणका लागी पहल भैरहेको कृषि सामग्री कम्पनीले जनाएको छ ।
