दार्चुला मालिकार्जुन गाउँपालिकाको निर्णय- शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध
2022/05/29, 2:31
दार्चुला मालिकार्जुन गाउँपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ। शुक्रबार गाउँपालिकाको बैठकले उक्त निर्णय गरेको हो।
गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आवद्धता त्यागेको विवरण पेश गर्नुपर्नेछ। ‘सात दिनभित्र राजनीतिक दलको आवद्धता त्यागी/त्याग्न लगाई सोको जानकारी गाउँपालिका कार्यालयमा पेश गर्न अनुरोध छ। अन्यथा कानुनबमोजिम भई जाने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ बैठकपछि जारी जानकारी पत्रमा भनिएको छ।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/10/28, 12:57
2024/04/01, 2:50
2021/02/18, 7:42
2021/09/19, 8:09
2020/06/30, 6:27