
धनगढीमा नदीमा डुवेर दुई बालकको मृत्यु भएको छ। मोहना नदीको चटकपुर-राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला डुवेर दुई बालकको ज्यान गएको हो।

प्रहरीका अनुसार धनगढी-३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुवेर मृत्यु भएको हो।
पुलमुनि नुहाइरहेका बेला उनीहरु दुवै नदीमा डुवेका थिए।
